बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित « Khabarhub

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ परेको बेमौसमी वर्षाले समस्यामा पारेको छ । खेतमा काटेर सुकाउन राखिएको धान वर्षाका कारण जलमग्न भएपछि किसान चिन्तित बनेका छन् ।

पोखरामा आज साँझ परेको ठूलो वर्षाले काटेर खेतमै राखिएको धान भिजाएको हो । घाम लागिरहेका बेला एक्कासी वर्षा भएपछि धान भिजेर नोक्सान हुने चिन्तामा किसान छन् । पोखरा(१३ आर्वाका श्रीराम सिग्देलले कसेरी र सनुपदेली फाँटमा हिजो र आज काटेर राखेको धान पूरै पानीमा डुबेको बताउनुभयो । उनका अनुसार उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले हिजो र आज धान काटेका थिए ।

“घाम लागिरहेकाले पानी पर्ला भन्ने ख्याल गर्न सकिएन । अहिले २०(२२ मुरी फल्ने धान सबै काटेर राखेका थियौँ”, उनले भने। कसेरी, सनुपदेली, ढाव र ठूम्रीबोटलगायत क्षेत्रका किसानले काटेर खेतमा राखेको धान वर्षाले भिजाएको छ ।

पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा काटेर राखिएको धान भिजेको जानकारीमा आएको बताए । अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा वर्षा हुँदा समस्या भएको उनले बताए ।

“यतिबेला अधिकांश किसान जेठोबुढो धान थन्काउने तयारीमा थिए । यही समयमा पानी परेपछि धान खेतमै भिजेको छ । भोलिदेखि घाम लाग्यो भने त्यति धेरै क्षति नहुन सक्छ । तर, धान लामो समय भिजिरहे हकुवा हुने सम्भावना बढी हुन्छ”, कडरियाले भने ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कास्कीको पोखरा विमानस्थलस्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी २५ दशमलव चार मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अझै हल्का वर्षा भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  १० : १६ बजे

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

कास्की – धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले