अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा « Khabarhub

अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा थप एकजना गरी ४ जनाको मृत्यु भएको छ ।

सोमबार अन्दाजी १०:२० बजे टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा ४ जनाको टोली खटिएको थियो । 

उक्त टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्यमा जुटेको थियो भने इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा ४ जनाको टोलीसमेत घटनास्थलतर्फ गएको थियो ।

थप खोजी तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

दुर्घटनामा परी घटनास्थलमा तीन जनाको शव फेला परेकोमा थप खोजीका क्रममा बुङ्गल नगरपालिका–१० बस्ने अन्दाजी ४ वर्षीया रियास महरा, अन्दाजी ३५/४० वर्षीया राजमति महरा, अन्दाजी १५/१६ वर्षीया तारा महरा, अन्दाजी ५/६ वर्षीया डल्ली महरा, ४ वर्षीय रियास महरा, को शवसमेत फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।

ऐ.ऐ.बस्ने  १२/१३ वर्षीय बिक्रम महरा सकुशल घरतर्फ गएको प्रहरीले जनाएको छ ।  अटो भने घटनास्थलमै रहेको छ । 

अटो चालक जिल्ला बझाङ, बुङ्गल नगरपालिका–११ बस्ने २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  २ : ४७ बजे

एनपीएल फाइनल प्रवेशका लागि रोहित र दीपेन्द्र भिड्दै : कसको हाेला जित ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको

अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा

बझाङ– बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना

मुस्ताङको ठिनी खोला पुल उद्घाटन

मुस्ताङ– जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय

एनपीएल तेस्रो संकरण : विराटनगर, कर्णाली, जनकपुर र पोखराको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका