प्रधानमन्त्रीले अस्पतालबाटै भने– मेरो स्वास्थ्यमा तीब्र सुधार भइरहेको छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीले अस्पतालबाटै भने– मेरो स्वास्थ्यमा तीब्र सुधार भइरहेको छ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया गरी अस्पतालमै उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा सुभेच्छा प्रकट गर्नेहरुप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रधानमन्त्रीले ट्वीटर सन्देशमा लेखेका छन्– बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा ओलीलाई एपेन्डिसाइटिस भएको देखिए पछि चिकित्सकहरुले  मंगलबार नै शल्यक्रिया गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ११ : ११ बजे

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी