विप्लव समूहको गतिविधिप्रति सरकार गम्भीर « Khabarhub

विप्लव समूहको गतिविधिप्रति सरकार गम्भीर


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाएको विष्फोटन र ध्वंसात्मक गतिविधिले सरकार गम्भिर भएको छ ।

सरकारले विप्लव नेतृत्वको समूहले गरिरहेको विध्वसांत्मक कामलाई नजिकबाट हेरिरहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी पुगेका गृहमन्त्री थापाले संघीय संसदमा संघीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए।

मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने भन्दै गृहमन्त्री थापाले घटना भएको शुरुको लापर्वाहीका कारण जटिलता पैदा भएको मन्त्री थापाले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ३५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी