एसिया कप राइजिङ स्टार्स : वैभव सूर्यवंशी र तिलक वर्माको टिम भारतसँग शुक्रबार नेपालको पहिलो परीक्षा « Khabarhub

एसिया कप राइजिङ स्टार्स : वैभव सूर्यवंशी र तिलक वर्माको टिम भारतसँग शुक्रबार नेपालको पहिलो परीक्षा


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारको दोहामा बिहीबार सुरु भएको ‘एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ को सामना गर्दैछ।

समूह ‘बी’ अन्तर्गतको यो खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीका लागि प्रतियोगिताको सुरुआत नै कठिन चुनौतीका रूपमा देखिएको छ।

नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता बलिया टोली छन्। शुक्रबार नै बिहान ११:४५ बजे समूह ‘बी’ को पहिलो खेलमा पाकिस्तान ‘ए’ र यूएई भिड्दैछन्।

नेपाली टोलीमा सन्दीपसँगै सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे र अभिषेक गौतम समावेश छन्।

नेपालका लागि पहिलो चुनाैती भारत

तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनुभव बटुलेका खेलाडीको बाहुल्यता छ।

कप्तान तिलक र रिंकु सिंहसँगै आक्रामक ब्याटर अभिषेक शर्मा तथा १४ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी टोलीका प्रमुख आकर्षण हुन्।

भारत ‘ए’ को टोलीमा विकेटकिपर ब्याटरका रूपमा प्रभसिमरन सिंह र कुमार कुशाग्र रहेका छन् भने अलराउन्डरमा सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन समेटिएका छन्।

बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खानजस्ता तीव्र गतिका बलर छन्। तीव्र गति र स्पिन दुवै बलिङ विकल्प तथा आक्रामक ब्याटिङ लाइनअप भएको भारत ‘ए’ विरुद्ध नेपालले सुरुवातदेखि नै कसिलो बलिङ र अनुशासित ब्याटिङमार्फत दबाब बनाउने रणनीति अपनाउनुपर्ने देखिन्छ।

समूह चरणमा नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन्।

सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : २१ बजे

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

नयाँ दलप्रति ओलीको टिप्पणी : मौसमी छिचिमिरासँग डराउनु पर्दैन

काठमाडौँ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र