रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर « Khabarhub

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री सवार कारलाई माइतीघरमा बसले ठक्कर दिएको छ ।

एमालेको राष्ट्रिय भेलामा सहभागी हुन कार्की ब्यांक्वेट जाने क्रममा झाँक्री सवार ०२४ च ५७७६ नम्बरको कारलाई माइतीघरमा रिद्धिसिद्धि यातायातको बसले ठक्कर दिएको हो ।

दुर्घटनामा कारमा सामान्य क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ३५ बजे

‘रामायण’मा जटायुको अन्तिम संवाद ‘हे राम’ का लागि अनुपमले गरेका थिए २०० पटक अभ्यास

काठमाडौं– फिल्ममा कुनै पात्रलाई जीवन्त बनाउन अभिनय मात्र पर्याप्त हुँदैन,

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

नयाँ दलप्रति ओलीको टिप्पणी : मौसमी छिचिमिरासँग डराउनु पर्दैन

काठमाडौँ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र