कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा « Khabarhub

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । 

प्रतियोगिताको उद्घाटन कार्तिक १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भएपनि प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ । 

प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने र प्रतियोगितामा सातवटै प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए । 

प्रतियोगिताका खेलहरू सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ गरी विभिन्न स्थानमा सञ्चालन गरिने उनले बताए । 

दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने सदस्य सचिव मेहताले जानकारी दिए । 

त्यस्तै प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ । 

त्यस्तै त्यस्तै, टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सदस्य सचिव मेहताले बताए ।  
 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १ : ३२ बजे

‘रामायण’मा जटायुको अन्तिम संवादका लागि अनुपम खेरले गरे २०० पटक अभ्यास

काठमाडौं– फिल्ममा कुनै पात्रलाई जीवन्त बनाउन अभिनय मात्र पर्याप्त हुँदैन,

याङ्गो ग्रुपले नियुक्त गर्‍यो ग्लोबल हेड अफ सेफ्टी

काठमाडौं– याङ्गो ग्रुपले आफ्ना सबै बजारहरूमा सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी

रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर

काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

नयाँ दलप्रति ओलीको टिप्पणी : मौसमी छिचिमिरासँग डराउनु पर्दैन

काठमाडौँ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र