राप्ती नदी सफाइ « Khabarhub

राप्ती नदी सफाइ


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ सरसफाइ गरिएको अभियान पहिलो भएको आयोजकले दाबी गरेको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा यही मङ्सिर १ गते मङ्गलबार मकवानपुरको भीमफेदीदेखि चितवनको गोलाघाटसम्म १४ स्थानमा एकैसाथ सरसफाइ गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताए ।

उनका अनुसार अभियानमा ८९७ जना स्वयंसेवक सहभागी भएका थिए भने नदी किनारबाट तीन हजार ६५० किलो फोहोर सङ्कलन गरिएको थियो । प्लास्टिकजन्य फोहोर, कपडा, उद्योग तथा सवारीसाधनबाट निस्कने फोहोर र स्वास्थ्य संस्थाजन्य फोहोर सङ्कलन गरिएको उनले जानकारी दिए ।

मकवानपुरको भीमफेदीस्थित राप्ती मुहानदेखि हेटौँडा हुँदै चितवनका लोथर, कुमरोज, सौराहा ड्याक, बूढी राप्ती ढुङ्गा घाट, खगेरी खोला, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, बुद्धनगर, मेघौली र गोलाघाटलगायत १४ स्थानमा सरसफाइ गरिएको थियो ।

अभियानमा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सामुदायिक वन, मध्यवर्ती उपभोक्ता समिति, नेपाली सेना, नेपाल प्रहरी, अभियानकर्मी तथा समुदायमा आधारित चोरीसिकार नियन्त्रण दस्ता ९सिबिएपियू० का सदस्यहरूको सहभागिता रहेको थियो ।

घिमिरेले २०७२ सालदेखि सञ्चालन हुँदै आएको अभियानले राप्ती नदीको सरसफाइ तथा संरक्षणमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । विगत चार वर्षदेखि मङ्सिर १ गतेलाई राप्ती नदी दिवसका रूपमा मनाउन थालिएको उनले जानकारी दिए । गत वर्ष करिब चार हजार किलो फोहोर सङ्कलन गरिएकामा यस वर्ष तीन हजार ६५० किलो सङ्कलन भएको उनले बताए ।

नदीमा बढ्दो मानवीय चाप, प्लास्टिकजन्य फोहोर तथा अन्य प्रदूषणले जलचर र वन्यजन्तुको बासस्थानमा असर पार्दै गएको भन्दै उनले उद्योगबाट निस्कने फोहोर, सवारीसाधनबाट हुने प्रदूषण र खेतबारीमा प्रयोग हुने विषादी नियन्त्रण गर्न आवश्यक रहेको बताए । वर्षमा एक दिन सरसफाइ गरेर मात्र नदी स्वच्छ नहुने भएकाले नियमित सरसफाइ र प्रदूषण नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई विभिन्न सहायक नदीहरूसँग जोडिँदै हेटौँडा, मनहरी र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी जैविक विविधताका दृष्टिले महत्वपूर्ण छ । यसका कर्रा, लोथर, खगेरीलगायत सहायक नदीहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।

राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवम् आगन्तुक चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि पनि नदीको महत्वपूर्ण भूमिका रहेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग पनि यसको गहिरो सम्बन्ध रहेको छ ।

नदीको स्वच्छता, जलचर तथा वन्यजन्तुको बासस्थान संरक्षण र प्रदूषण न्यूनीकरणका लागि सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने भन्दै आयोजकले स्थानीयवासी, संरक्षणकर्मी, उद्योगी व्यवसायी तथा सरोकारवाला सबैलाई नदी संरक्षणमा जुट्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १० : १२ बजे

राप्ती नदी सफाइ

नारायणगढ – राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं – श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

काठमाडौं – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल