नागढुंगा-मुग्लिन सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द « Khabarhub

नागढुंगा-मुग्लिन सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनाअनुसार घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त ढुङ्गा तथा माटो पन्छाउने कार्य सुरु गर्न लागिएको हो।

प्रशासनले तोकिएको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : २३ बजे

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस

भारत ‘ए’ को १ सय रन पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

सामन्था र राजको घरमा नयाँ सदस्यको आगमन, छोराको नाम राखे ‘देव’

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा नयाँ खुसी

कोप–३१ को मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्य कार्यक्रम प्रस्ताव

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन