नगरपालिकाका वडासचिव २५ हजार घुससहित पक्राउ « Khabarhub

नगरपालिकाका वडासचिव २५ हजार घुससहित पक्राउ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ का वडासचिव (खरिदार) २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि भनेर लिएको २५ हजार घुससहित वडासचिव दिनेश बास्कोटा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले वडासचिव बास्कोटालाई घुससहित पक्राउ गरेको हो ।

बास्कोटालाई घुस रकम लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका बास्कोटामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ०७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै