बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक « Khabarhub

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दा उनी सवार जहाज प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा विश्वभरमै सबैभन्दा बढी हेरिएको उडान बनेको छ ।

आइतबार दिउँसो नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत प्रधानमन्त्री शाह दिल्ली प्रस्थान गरेलगत्तै उक्त जहाज फ्लाइट राडार २४ को विश्वव्यापी सूचीको ‘नम्बर एक’ मा पुगेको हो ।

उडान भरेको केही समयमै एकै पटक २ हजार २ सय १५ जनाले प्रत्यक्ष ट्र्याक गरिरहेको उक्त जहाज उडेको एक घण्टामा ट्र्याकिङ वेबसाइटमा लाइभ हेर्नेको संख्या बढेर चार हजार नाघेको छ ।

फ्लाइट राडार २४ को विवरणअनुसार प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको ‘एयरबस ए–३२०’ (उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७) जहाज आइतबार दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो ।

भारतीय समयअनुसार जहाज ३ बजेर १९ मिनेटमा अवतरण हुने अनुमान ट्र्याकरमा देखाइएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणप्रति स्वदेश तथा विदेशमा रहेका नेपाली र सर्वसाधारणको उच्च चासोका कारण उडान ट्र्याकिङमा उल्लेख्य संख्यामा प्रयोगकर्ता जोडिएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  २ : ५८ बजे

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले