उपनिर्वाचन : मतदानस्थलमा सामग्री पुग्यो « Khabarhub

उपनिर्वाचन : मतदानस्थलमा सामग्री पुग्यो


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ–२ (ख) र बडिगाड गाउँपालिका–२ मा शनिबार हुने उपनिर्वाचनका लागि कर्मचारी मतदानस्थल पुगेका छन् । विभिन्न ५६ प्रकारका निर्वाचन सामग्री र बन्दोबस्तीसहित कर्मचारी मतदानस्थलमा खटिएका हुन् ।

कर्मचारी र सुरक्षाकर्मी मतदानपूर्वको तयारीमा व्यस्त छन् । मतदान क्षेत्र तोक्ने, प्रचारप्रसार निषेधलगायतका सूचना टाँस गरिएको छ । सर्वपक्षीय बैठक बस्नेदेखि मतदान केन्द्र निर्माणको काम बिहीबारै सकिनेछ । मतदाता परिचयपत्र वितरण शुक्रबार साँझसम्म गरिने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।

“निर्वाचनको तयारी मतदानस्थलमा केन्द्रित भएको छ”, उनले भने । निर्वाचन आयोगले बागलुङ–२ (ख) मा २४ र बडिगाड–२ मा एक मतदानस्थल तोकेको छ । मतदान केन्द्रको सङ्ख्या भने बागलुङ–२ (ख) मा ४३ र बडिगाड–२ मा दुई छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, कार्यालय सहयोगी एक र चार स्वंयसेवक गरी नौ जना खटिएका छन् । स्वयंसेवक भने स्थानीयस्तरबाटै भर्ना गरिएको छ ।

मतदान केन्द्रमा अपाङ्गता भएका, अशक्त, गर्भवती र सुत्केरी महिलालाई लाममा बस्नु नपर्ने गरी प्रबन्ध गरिने अधिकारी शर्माको भनाइ छ । “आयोगले तोकेअनुसार नै मतदान केन्द्र बन्छ”, उनले भने । सुरक्षा प्रबन्धलगायत मतदानस्थलको तयारीलाई चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी खटिने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । “सबै मतदानस्थलमा सुरक्षाको टोली तैनाथ छ, सुरक्षा प्रबन्धमा कुनै कमी हुँदैन”, उनले भने ।

राज्यविरोधी गतिविधि गर्ने समूहबाट आउन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर छिमेकी जिल्लामा समेत सुरक्षा निगरानी बढाइएको छ । मतदाताको सुरक्षाका लागि ‘मोबाइल’ गस्तीसमेत हुने जनाइएको छ । मौन अवधिका कारण प्रचार गर्न र मत माग्न नपाए पनि दलहरु चुनावको आन्तरिक तयारीमा छन् ।

उपनिर्वाचनका लागि १० उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार घर्तीले समयाभावका कारण उम्मेदवारी फिर्ता लिन नपाए पनि वाम गठन्धनका उम्मेदवार शाहीलाई सघाउने सार्वजनिक घोषणा गर्नुभएको थियो । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष पदका लागि नेकपाबाट ढालप्रसाद शेरचन, काङ्ग्रेसबाट डिलबहादुर राना र समाजवादी पार्टीबाट हरिलाल राना चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुने क्षेत्रमा ३५ हजार १८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ३१ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा