भाजपा सांसदले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि… « Khabarhub

भाजपा सांसदले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि…


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सत्तारुढ दल भारतीय जनता पार्टीका एकजना सांसदलाई महात्मा गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ ।

प्रज्ञा ठाकुरको सो भनाइबारे ठूलो आलोचना भएपछि उनको दल भाजपाले सो भनाइप्रति खेद व्यक्त गरेको बीबीसीले जनाएको छ ।

ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक उनले मेमा सो अभिव्यक्ति दिएकी थिइन् ।

उनीमाथि सन् २००८ मा छ जना मारिएको र एक सय जना घाइते भएको विस्फोटनमा संलग्न भएको आरोप छ । ठाकुरले ती आरोपहरूलाई अस्वीकार गरेकी छन् र हाल धरौटीमा छुटेर बाहिर रहेकी छन् ।

संसद्‍को तल्लो सदनको छलफलको क्रममा उनले बुधवार गोड्सेलाई देशभक्त भनेकी थिइन् । उनको दल र सरकार दुवैले उनको त्यो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन् ।

बिहीवार संसद्‍मा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले उनको अभिव्यक्तिको आलोचना गरे । “हामी नाथुराम गोडसेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौँ ।” सिंहले गान्धीको दर्शन अझै सान्दर्भिक रहेको भन्दै उनलाई मार्गदर्शकको रूपमा व्याख्या गरे ।

बिहीवार ठाकुरको नाम ट्विटरका सबैभन्दा धेरै प्रयोग गरिएको नाम बनेको थियो र अधिकांश ट्वीटमा उनको आलोचना गरिएको थियो । उनलाई उनको दलले निष्काशन गर्नुपर्ने आवाज पनि उठेको थियो ।

तर ठाकुरको अभिव्यक्ति गान्धीलाई नरमपन्थी मान्ने कतिपय दक्षिणपन्थी हिन्दुहरूको विचारसँग मेल खान्छ । सन् १९४८ मा राष्ट्रवादी दक्षिणपन्थी समूहका कार्यकर्ता रहेका गोडसेले नजिकैबाट गान्धीको छातीमा तीन गोली प्रहार गरेका थिए ।

हिन्दु चरमपन्थीहरूले गान्धीलाई मुसलमानहरूप्रति नरम रहेको र त्यसकै कारण ब्रिटेनसँगको स्वतन्त्रतापश्चात् देश टुक्रिएको र हिंसा फैलिएको मान्ने गर्छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ०९ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी