मंसिर २० गतेदेखि ग्लोबल आईएमई र जनता बैंकले एकीकृत कारोबार गर्ने | Khabarhub Khabarhub

मंसिर २० गतेदेखि ग्लोबल आईएमई र जनता बैंकले एकीकृत कारोबार गर्ने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आगामी मंसिर २० गतेदेखि ग्लोबल आईएमई बैंक र जनता बैंकले एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्रबैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जान दिएको अन्तिम स्विकृतीसँगै एकीकृत कारोबार हुने भएको हो ।

यी दुई बैंकको मर्जरसँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्तापूँजी भएको बैंक बन्ने छ । मर्जरपछि बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ ।

ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५र०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसंगै बैंकको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनताबैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसंगै बैंकको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् । बैंकका एटिएम २ सय ५६ र २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचाारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ३५ बजे

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो