बाँके– बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ ।
स्थानीय चिसापानीमा लागेको मेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ । झडपमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।
घटनामा घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया