चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री « Khabarhub

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दलमा पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीलाई समावेश गरेको हो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय अली चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रामा सहभागी हुनेछन् । उनीहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन् ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको अन्तरिक्ष मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चारवटा वैज्ञानिक परियोजनामा काम गर्नेछन् । चीन र पाकिस्तानबीचको सहकार्यमा सञ्चालन हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययनसमेत समावेश छ ।

अली शेन्झाउ–२३ अन्तरिक्ष यानमार्फत पृथ्वी फर्कने कार्यक्रम रहेको छ ।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्रीले संयुक्त रूपमा सहभागिता जनाउने पहिलो मिसन हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनमा सहभागी चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसकेका छन् । सीसीटीभीका अनुसार उनी तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नेछन् ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । यता अमेरिकाले पनि सन् २०२८ मा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १ : ४३ बजे

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा

सुन्तलाले पहेँलपुर कालीमाटी बजारमा (तस्बिरहरू)

काठमाडौं– सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि