उपनिर्वाचन हुने क्षेत्रको सुरक्षामा कडाइ | Khabarhub Khabarhub

उपनिर्वाचन हुने क्षेत्रको सुरक्षामा कडाइ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको–४ एवं ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार उपनिर्वाचन हुने क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मौन अवधि शुरु भइसकेकाले ती क्षेत्रमा अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि प्रहरीको गस्तीमा कडाइ गरिएको छ ।

यस अवधिमा पाँच जनाभन्दा बढी एकै ठाउँमा बस्न र हिँडडूल गर्न प्रतिबन्ध लगाइएको छ । सबै निर्वाचन स्थलहरुमा सुरक्षा पोष्ट खडा गरी प्रहरी बसिसकेको उहाँले जानकारी दिए ।

ती क्षेत्रहरुमा सवारीसाधनबाट गस्ती, पैदल गस्ती तथा आकस्मिक जाँच शुरु गरिएको छ । प्रजिअ बस्नेतका अनुसार शुक्रबार साँझ ६ बजेबाट मतपत्र नउठाउँदासम्म ती क्षेत्रहरुमा प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिँदै छ । सो समयमा अनुमति लिएकाले मात्र निर्वाचन क्षेत्रमा सवारी चलाउन पाइने उनले जानकारी दिए ।

निर्वाचन हुने क्षेत्रहरुमा बुधबार साँझबाट नै मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

प्रजिअ बस्नेतले निर्वाचनपूर्व गरिने सुरक्षाका सम्पूर्ण कार्य भइरहेको बताए । मतदानका दिन निर्वाचनस्थल भित्र नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यसबाहिर नेपाली सेनाले सुरक्षा दिने छ ।

ती सबै क्षेत्रमा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिएका छन् । एउटा मतदान केन्द्रमा ११ जना नेपाल प्रहरी परिचालन भएका छन् । प्रजिअ बस्नेतका अनुसार कुनै पनि स्थानमा अप्रिय घटना भएमा पाँच मिनेटभित्र पुग्न सक्नेगरी मोबाइल टिम परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उपनिर्वाचन जिल्ला सुरक्षा कमाण्ड पोष्ट र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन सेल गठन गरी काम भइरहेको छ ।

जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन बाहिरबाट समेत नेपाल प्रहरी झिकाइएको बस्नेतले जानकारी दिए । निर्वाचन स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, “सुरक्षा व्यवस्था मजबुत भएकाले निर्धक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्दछु । ”

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार सबै कर्मचारी मतदानस्थलमा पुगेका छन् । उनीहरुले परिचयपत्र वितरण र मतदान केन्द्र निर्माणको काम शुरु गरेका छन् । जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

सवारी दुर्घटनामा खैरहनीका वडाध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । तीन वठा वडामा पाँच वटा राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : १५ बजे

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि