बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक हेरचाह आवश्यक : मन्त्री बादी « Khabarhub

बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक हेरचाह आवश्यक : मन्त्री बादी


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को आयोजनामा आज ललितपुरमा आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तरराष्ट्रिय वर्गीकरण (आइकेयर) सम्बन्धी राष्ट्रिय अन्तरक्रियामा उनले बालबालिकाको सर्वाेत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको बताइन् ।

‘संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको हेरचाह र संरक्षित परिवारजस्ता परिवारमा आधारित वैकल्पिक हेरचाहलाई प्रवर्द्धन गर्नु नै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने दिगो र मानवीय मार्ग हो ।’ उनले भनिन् ।

मन्त्री वादीले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली र सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीयकरण गरी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने काम मन्त्रालयले अघि बढाएको जानकारी दिइन् । स्थानीय तहबाटै बालबालिकाको नियमित र यथार्थ तथ्याङ्क सङ्कलन हुन सके राष्ट्रियस्तरमा उनीहरूको अवस्थाको स्पष्ट चित्र प्राप्त हुने उनको भनाइ थियो ।

आइकेयर वर्गीकरण प्रणालीले औपचारिक बालगृहदेखि नातेदारको हेरचाह, अनौपचारिक संरक्षण तथा अन्य वैकल्पिक हेरचाहका स्वरूपलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिभाषित र वर्गीकरण गर्ने भएकाले नेपालको सन्दर्भअनुकूल सूचक निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् ।
 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १२ : ४९ बजे

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी

‘ककाकिकी’ हेरेपछि फिल्मकर्मीको एउटै प्रतिक्रिया-मनोरञ्जन भरपूर

काठमाडौं– कमेडी फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्छ भन्नेमा

बालबालिकाको सर्वोत्तम हितका लागि पारिवारिक हेरचाह आवश्यक : मन्त्री बादी

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र