दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा « Khabarhub

दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको छ। फ्लाइ दुबईले सञ्चालन गरेको पोखरा-दुबई नियमित उडानमार्फत दुई महिनामा १३ हजार ४७४ यात्रुले यात्रा गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म फ्लाइ दुबईले दुईतर्फी १२२ उडान सञ्चालन गरेको थियो। उक्त अवधिमा दुबईबाट पोखरा आठ हजार ११५ यात्रु आएका छन् भने पोखराबाट पाँच हजार ३५९ यात्रु दुबई गएका छन्।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले पोखरा–दुबई उडानप्रति आकर्षण बढाएको बताए।

उनका अनुसार पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यस मार्गमा यात्रुको सङ्ख्या अझ बढ्न सक्छ। हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्न काठमाडौँस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ। यस व्यवस्थालाई सहज बनाउन दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए।

विसं २०७९ पुस १७ गते उद्‌घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबईले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि विमानस्थलबाट अन्तरराष्ट्रिय यात्रु आवागमन बढ्न थालेको हो।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  १ : २३ बजे

समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, चुनदेवीमा बैठक

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी

दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा

कास्की- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कास्की– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कुमारी बैंक भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मानित

काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक

बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

काठमाडौँ – स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि अब त्यसको फोटोकपी