उम्मेदवारको घरमा बम विस्फोट « Khabarhub

उम्मेदवारको घरमा बम विस्फोट


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम –निर्वाचनको दुई दिन अघि उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको हो । महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट भएको हो ।

बिहीबार अपरान्ह पौने ५ बजे बम विस्फोट भएको छ। गाउँपालिका–४ स्थित उनको घरपछाडि बम विस्फोट भएको र विस्फोटबाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बम विस्फोट भएको स्थानमै चौधरीले चुनावी प्रचार–प्रसार र व्यवस्थापनका लागि कार्यालय समेत संचालन गरेका थिए । ठूलो आवाजसहित बम विस्फोट भएको थियो । उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विस्फोट भएको हो।

विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ। महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कुकर बम विस्फोट भएको अनुमान गरेको छ ।
मंसिर १४ अर्थात शनिवार उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : १४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा