निर्वाचन विरोधी गतिविधि गर्नेमाथि उच्च निगरानी | Khabarhub Khabarhub

निर्वाचन विरोधी गतिविधि गर्नेमाथि उच्च निगरानी


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- उपनिर्वाचन हुन दुई दिन मात्रै बाँकी हुँदा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । बुधबार र बिहीबार प्रहरीले कोहलपुरबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आशङ्कामा १० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

मंसिर १४ गते उपनिर्वाचनलाई बिथोल्न निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक शाहीले निर्वाचन विरोधी कार्य गरेको आशङ्काका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

‘कोहलपुर–६ मा उपनिर्वाचन बहिष्कारको पर्चा टाँसिरहेको अवस्थामा पक्राउ गरेका हौँ । चुनाव बहिष्कार गर्ने भन्दै कार्यकर्ता खटाइएको रहेछ । हामीले पर्चा पम्पलेट पनि बरामद गरेका छौँ’, उनले भने, ‘निर्वाचन विरोधी गतिविधि नगर्न सचेत गराउँदै उनीहरुलाई निगरानीमा छाडेका छौँ । निर्वाचन विरोधी गतिविधि गर्ने अन्य समूह तथा व्यक्ति पनि हाम्रो उच्च निगरानीमा छन् । सुरक्षा व्यवस्था कडा पारेका छौँ ।’

पक्राउ पर्नेमा वैद्य माओवादीका पोलिटब्यूरो सदस्य कोहलपुर–६ का भूपेन्द्र न्यौपाने शर्मा, केन्द्रीय सदस्य कोहलपुर–४ का तेजविक्रम शाही, बाँके जिल्ला सचिव कोहलपुर–३ का प्रेम थापा, जिल्ला सदस्य नेपालगञ्ज–१० का सुरेश वली, विद्यार्थी नेता हृदयेश शाह, साधारण सदस्य खजुरा गाउँपालिका–२ का पुम पोखरेल, वडा नं ६ का तारा विक, बर्दिया बाँसगढी नगरपालिका–९ का धीरेन्द्र सिंह, ठाकुरबाबा नगरपालिका–२ का पविराम आचार्य र कोहलपुर नगरपालिका–३ का विपिन रोकाय रहेका छन् ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीका अनुसार उपनिर्वाचनको मौन अवधि शुरु भएसँगै सुरक्षा व्यवस्था झनै कडा पारेको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् । उपनिर्वाचनलाई लक्षित गरेर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

उपनिर्वाचनलाई लक्षित गरेर थप सुरक्षाकर्मी परिचालन गरेर पैदल तथा गाडीमा २४ सै घण्टा गस्ती गर्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : ५९ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश