काठमाडौं– बंगलादेशको एउटा भिखारी संघले बजारमा बेलुकी ५ बजेपछि भिख नमाग्न नपाइने नियम अघि सारेको छ । बंगलादेशको मेमनसिंह नगरको भिखारी समितिले बेलुका ५ बजेपछि बजारमा भिख माग्न नपाइने नियम ल्याएको हो ।
बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारका अनुसार मेमनसिंह शहरको फूलपुर बजारमा मंगलबारबाहेक बेलुका ५ बजेपछि भिख माग्न नपाइने नियम ल्याइएको हो । मेमनसिंह शहरको भिखारी संघले ल्याएको यो नियमले बंगलादेशभर चर्चा बटुलेको छ ।
आफूलाई भिखारी समितिको अध्यक्ष बताउने अनवर होसेनले यो नियम कार्यान्वयनमा ल्याइछाड्ने दृढता व्यक्त गरेका छन् । समितिले तोकेको समयावधिबाहेक भिख मागेको थाहा पाइए १५०० टाका र तीन दिन जेल सजाय तोकिएको छ ।
यसबारे जानकारी माग्दा फूलपुर प्रहरी चौकीका मोहम्मद फिरोज होसेनले सामाजिक सञ्जालबाट आफूले पनि यसबारे थाहा पाएको तर विस्तृत जानकारी थाहा नभएको बताएका छन् ।














प्रतिक्रिया