सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर « Khabarhub

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

आइतबार दिउँसो अन्दाजी १ बजेर १५ मिनेटको समयमा काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा दुर्घटना भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।

घाइतेमध्ये बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराईको अवस्था गम्भीर रहेको छ भने, उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई, छोरा अन्दाजी ८ वर्षीय आयन्स भट्टराई, अन्दाजी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका छोरा अन्दाजी १३ वर्षीय अतर्व भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ४ : ४२ बजे

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना

२६ वर्षपछि हेटौँडा कपडा उद्योग चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिरहरू)

काठमाडौं– सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीविरुद्ध एनआरएनएले गुमायो सातौँ विकेट

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले

एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता

दमौली– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने

पुरानो पार्टी हुनुमा कांग्रेसले गर्व गर्नुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली काँग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी पुरानो भएकोमा