कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन ! « Khabarhub

कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन !


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई प्रधानमन्त्री केपी शर्माले मन्त्री पदबाट हटाएको दुई हप्ता भइसकेको छ ।

खनाल मन्त्री पदबाट हटेपनि उनी नै मन्त्रीको रुपमा मन्त्रालयको वेबसाइटमा रहेका छन् । अर्थात वेबसाइटबाट उनको नाम हटाइएको छैन ।

मन्त्री पदबाट हटेको एक हप्तासम्म पनि उनको नाम मन्त्रालयको वेभसाइटबाट राखिएको छ ।

उनी मन्त्रीबाट हटेर कृषि तथा पशुपन्छी विकास मन्त्रीको रुपमा घनश्याम भुषालले पदभार ग्रहण पनि गरिसकेका छन् । उनले काम शुरु गरेपनि मन्त्रालयको वेबसाइटमा भने नवनियुक्त मन्त्रीको नाम रहेको छैन ।

वेबसाइटमा मन्त्रीको नाम किन परिवर्तन नभएको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता प्रकाश माथेमाले कामको व्यवस्थताले त्यस्तो हुन गएको बताएका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै