सीको निमन्त्रणामा चीन जान लागेको प्रचण्डको भनाइ « Khabarhub

सीको निमन्त्रणामा चीन जान लागेको प्रचण्डको भनाइ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् ।

नेपाल-चाइना मिडिया फोरमले आज (शुक्रबार) राजधानीमा गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्ने बताए ।

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको प्रचण्डको भनाई छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको भ्रमणमा जाने तयारीमा रहेको भन्दै प्रचण्डले त्रिदेशीय साझेदारीका विषयमा पनि कुराकानी गर्ने बताएका छन् । तर उनको भ्रमण तालिका भने तय भइसकेको छैन् ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणपछि मेरो नेतृत्वमा पहिलो टोली छिट्टै चीन जाँदैछौं’, प्रचण्डले भने, ‘त्यो भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको बताए । चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उनले बताए ।

‘किन जानुभयो भन्ने हाम्रो कुनै गुनासो छैन’ उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लाग्छ ।’ तर चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताए ।

‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ’ उनले अघि भने, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको बताए । प्रचण्डले दुई प्लस एक भन्दा नेपाललाई असहज हुने बताए । प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमती जनाएको समेत जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : १२ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल