साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा | Khabarhub Khabarhub

साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको ३ अर्बको शेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरिद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए ।

उनका अनुसार बस खरिद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो । उनले भने, ‘आगामी बैठकबाट बाँकी विषय टुङ्ग्याएर बस खरिद प्रक्रिया अघि बढाइनेछ ।’

काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो ।

विद्युतीय बस खरिदका लागि प्रदेश नं ३ ले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोडको शेयर खरिद गरेका थिए । ललितपुर महानगरपालिका र साझा आफैँले रु दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरिद गर्ने बताइएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : ४४ बजे

साझा एजेण्डामा सरकार चलिरहेको छ : महासचिव पोखरेल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासलाई

तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना

मान्म– स्थानीय तह उपनिर्वाचनका लागि कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मुख्य

विवाहपञ्चमीमा जन्तीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

जनकपुरधाम– विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका

नबिल बन्यो आठौँपटक सबैभन्दा बढी कर तिर्ने बैंक

काठमाडौं – नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी

‘पृथ्वीनारायण शाहले साझा नेपाल बनाए, एकल शासकले बर्बाद पारे’

एक समय जुनसुकै सत्तागठबन्धनमा पनि घुलमिल भई लगातार मन्त्री हुने