'सिद्धबाबा' भनिने कृष्णदास गिरी पक्राउ | Khabarhub Khabarhub

‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सिद्धबाबा भनिने कृष्णदास गिरी पक्राउ परेका छन् । गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

गिरीलाई बलात्कार अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदातल सुनसरीले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो ।

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरीको चतरास्थित आश्रमबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबामाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ ।

गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : १३ बजे

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र