खानेपानी मन्त्री मगरको घोषणा– सीमावर्ती बजारमा स्मार्ट शौचालय बनाइने « Khabarhub

खानेपानी मन्त्री मगरको घोषणा– सीमावर्ती बजारमा स्मार्ट शौचालय बनाइने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलोरी– खानेपानीमन्त्री बीना मगरले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताएकी छन् ।

भारतीय सीमा नजिकैको डोकेबजार क्षेत्रको अवलोकन गर्दै शुक्रबार उनले डोकेबजारको सौन्दर्य अभिवृद्धि र स्वच्छताका लागि स्मार्ट शौचालय र प्रवेशद्वार निर्माण गरिने बताइन् । उनले चालू आवभित्रै स्मार्ट शौचालय र प्रवेशद्वार बनाइसक्ने बताइन् ।

निर्वाचन क्षेत्र विकास कोषको रकम खर्चेर प्रवेशद्वार निर्माण गरिन लागेको हो । प्रवेशद्वार २१ मिटर चौडाइको हुने बताइएको छ ।

पुनर्वास नगरपालिका–३ मा वडाध्यक्षको शनिबार हुने उपचुनावमा मतदान गर्नका लागि मन्त्री मगर गृहनगर पुनर्वास आइपुगेकी हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : २२ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा