उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा « Khabarhub

उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङ गाउँपालिका–१ श्यामशिलामा शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनलाई लक्ष्य गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए । निर्वाचनको बेला सवारीसाधनका चालकलाई अनुमतिपत्रको व्यवस्था गरिएको छ ।

उनले भने, ‘सुरक्षाको सबै प्रबन्ध मिलाएका छौँ, मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने अवस्था छ ।’ राजनीतिक दलसँगको समन्वयमा वडावासीबाहेक बाहिरबाट आउने नागरिकको प्रवेशमा रोक लगाइएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार उपनिर्वाचनलाई लक्ष्य गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए । निर्वाचन हुने ठाउँमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प राखिएको छ । मतदानस्थलको बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ३६ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा