चुनाव अपडेट : भक्तपुर, धरान, मालारानी र राजविराजमा मतदान शुरु | Khabarhub Khabarhub

चुनाव अपडेट : भक्तपुर, धरान, मालारानी र राजविराजमा मतदान शुरु


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।

प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजनकरूपमा मतदाता मतदानमा लामबद्ध भएका छन् । अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज बिहान ७ बजेबाट शान्तिपूर्णरूपमा मतदान शुरु भएको जानकारी दिँदै मतदान केन्द्र, मतदानस्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए । मतदाताले शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था गरिएको उनको भनाइ थियो ।

आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उनले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् । उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

इनरुवा– त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान शुरु भएको हो । मतदानका लागि निर्धारित गरिएको समय बिहान ७ बजेबाट मतदान शुरु भएको छ ।

धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा ९२ हजार ५५३ मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो ।

अर्घाखाँची– जिल्लाको मालारानी गाउँपालिका–३ को एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । वडामा तीन हजार ११ मतदाता रहेका छन् । आदर्श मावि खनदह र सुन्दरा मावि सावडाँडा गरी दुई मतदानस्थलका चारवटै मतदान केन्द्रमा मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

मालारानी–३ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यमलाल खनाल, नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनाल चुनावी मैदानमा छन् । तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

राजविराज– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीय तहअन्र्तगत वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान शुरु भइसकेको र मतदाता मतदानस्थलमा आउने क्रम जारी रहेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जनाकारी दिए ।

सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् । उपनिर्वाचनका लागि छिन्नमस्ता गाउँपालिका– ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीको एक मात्र स्थानमा निर्वाचन हुन गइरहेको सो वडाध्यक्ष पदका लागि एक स्वतन्त्रसहित सात उम्मेदवार चुनावी मैदानमा छन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

यस्तै जिल्ला सुरक्षा समिति सप्तरीले निर्वाचनका लागि मङ्सिर ११ गते राति ८ बजेदेखि मङ्सिर १५ गतेसम्म सम्पूर्ण छिन्नमस्ता गाउँपालिका क्षेत्र र विष्णुपुर गाउँपालिका–७ क्षेत्रभित्र मदिरा बिक्री, वितरण, उत्पादनलाई पूर्णरूपमा बन्देज लगाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

त्यस्तै आज बिहान ५ बजेदेखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि तोकिएबमोजिमको अनुमतिप्राप्त र आकस्मिक सेवासम्बन्धी सवारी साधनबाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टिको भागमा सवारी आवगमनमा बन्देज लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ४८ बजे

इलामले बजाएको सांकेतिक घण्टीप्रति सचेत छौँ, सुहाङलाई बधाइ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ को उपनिर्वाचनको परिणामबारे आफ्नो

इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

काठमाडौं– अमेरिकाले इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएको

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र