२४ प्रतिशत मतदान सकियो | Khabarhub Khabarhub

२४ प्रतिशत मतदान सकियो


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहान ७ देखि शुरु भएको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेकुमार थपलियाले अहिले बिहानको १० : ४५ बजेसम्म करिब २४ प्रतिशत मतदान भएको जानकारी दिए । निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि शनिबार मतदान हुँदैछ । गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत थिए ।

प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि उपनिर्वाचन हुँदैछ । विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ११ : ५३ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि