उपनिर्वाचन– ५२ रिक्त पदकालागि मतदान सम्पन्न « Khabarhub

उपनिर्वाचन– ५२ रिक्त पदकालागि मतदान सम्पन्न


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदका लागि भएको उपनिर्वाचनमा मतदान सकिएको छ ।
शनिवार विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो । केन्द्र र प्रदेशमा गरी ७० प्रतिशत भन्दा धेरै मत खसेको निर्वाचन आयोगले प्रारम्भिक आकलन गरेको छ ।

आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन भएका केही जिल्लामा भने बम विस्फोटहरु भए । पोखरा, सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको थियो । पोखराको चार स्थानमा बम विस्फोट भएको छ भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएको छ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ भने बाँकी ४३ वडाध्यक्ष चयनका लागि मतदान सम्पन्न भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ०४ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.