उपनिर्वाचन– ५२ रिक्त पदकालागि मतदान सम्पन्न | Khabarhub Khabarhub

उपनिर्वाचन– ५२ रिक्त पदकालागि मतदान सम्पन्न


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदका लागि भएको उपनिर्वाचनमा मतदान सकिएको छ ।
शनिवार विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो । केन्द्र र प्रदेशमा गरी ७० प्रतिशत भन्दा धेरै मत खसेको निर्वाचन आयोगले प्रारम्भिक आकलन गरेको छ ।

आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन भएका केही जिल्लामा भने बम विस्फोटहरु भए । पोखरा, सर्लाही, लमजुङ र डोटीमा बम फेला परेको थियो । पोखराको चार स्थानमा बम विस्फोट भएको छ भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

कास्की–२ मा प्रतिनिधिसभाको उपनिर्वाचन सम्पन्न भएको छ भने भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन भएको छ भने बाँकी ४३ वडाध्यक्ष चयनका लागि मतदान सम्पन्न भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ०४ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा