दण्ड भोग्न तयार छु– डा. बाबुराम भट्टराई « Khabarhub

दण्ड भोग्न तयार छु– डा. बाबुराम भट्टराई


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार (आज)को बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए ।

उनले भने, “मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको छ, त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्छ, शिक्षकको दरबन्दीलाई पनि व्यवस्थित तुल्याउन निकै आवश्यक देखिएको छ, शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याउन शल्यक्रिया गर्नुपर्छ ।”

कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा नमूना बनाउने भनेर घोषणा गरेका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम नभएको बताए ।

मुलुकका कतिपय स्थानमा रहेको पुरातात्विक वस्तुको संरक्षण र पुनःनिर्माणको काम हुन आवश्यक रहेको बताउँदै उनले प्राकृतिक प्रकोपको दोहनलाई रोक्न राज्यले आवश्यक ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरमा क्षमा र भूलको नीति अपनाउनुपर्ने बताए ।

नेपालको शान्ति प्रकृया आफ्नै ढंगले चलेको भन्दै उनले त्यसबेलाका मुद्दा नउल्टाउन चेतावनी दिए । माओवादीले बनाएको जनसरकारको प्रमुखको नाताले आफूलाई दण्डित गर्न आग्रह गरे ।

‘अहिलेपनि साथीहरुलाई रिस बाँकि रहेको छ भने दण्डित गर्नुस् म दण्ड व्यहोर्न तयार छु’ डा. भट्टराईले संसदमा भने ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : १४ बजे

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’

लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं– देशका विभिन्न भागबाट लागूपदार्थसमेत १६ जना पक्राउ परेका छन्।

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति