आजदेखि इ टोकनमार्फत श्रम स्वीकृति जारी « Khabarhub

आजदेखि इ टोकनमार्फत श्रम स्वीकृति जारी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार (आज)देखि श्रम स्वीकृति लिने श्रमिकका हकमा इ टोकन लागू भएको छ । विभागले श्रम कार्यलयमा सेवा ग्राहीले पाएको समस्यालाई मध्येनजर गदै अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको हो ।

इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति लिन पालो कुन दिनपर्छ भनेर म्यासेज आउँछ सोही अनुसार श्रम स्वीकृति लिन कार्यलय जानुपर्छ ।

आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिने छ । काठमाडौंमा मात्र नभएर प्रदेश कार्यलयबाट इ टोकन लिए श्रम स्वीकृति दिन सकिन्छ । कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ । जसले गर्दा फाराम स्वीकृत हुने वित्तिकै कार्यालयमा पर्खिरहनुपर्ने छैन ।

अहिले सरकारले सातै प्रदेशस्थित श्रम कार्यालयमार्फत श्रम स्वीकृति जारी गर्दै आएको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ ९ताहचल०, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति जारी हुँदै आएको छ । यी कार्यलयबाट पुन श्रम स्वीकृति जारी गर्ने काम भइरहेको छ ।

श्रम स्वीकृतिका फाराम बुझाइसकेपछि कुनै कारणले तपाईको श्रम स्वीकृति अस्वीकृत भयो भनेर पनि कार्यलयबाट मेसेज गर्ने विभागका महानिर्देशक डा. भीष्म कुमार भुषालले जानकारी दिएका छन् । कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा मेसेज प्राप्त भएपनि पुन मेसेज नै गरेर जानकारी लिन मिल्ने उनको भनाइ छ ।

श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा मेसेजमार्फत आउनेछ । श्रम स्वीकृतिको फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर जानेछ । विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ३३ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय