प्यूठानमा नेकपाका बागी उम्मेदवार विजयी « Khabarhub

प्यूठानमा नेकपाका बागी उम्मेदवार विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान– प्यूठानको ऐरावती गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नेकपाले जनमोर्चासँग तालमेल गरि जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेपछि भिमेश कुमार घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए ।

घर्ती मगरले ८सय ५५ मत पाउँदै जित दर्ता गरे । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकले ५ सय ४ मत प्राप्त गरे ।

यस वडामा वडाध्यक्षका लागि एक हजार सात सय ४१ मत खसेको थियो । जसमध्ये २६ मत बदर भएको थियो ।

मगर नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँ कमिटीका सचिवालय सदस्य हुन् । तर नेकपाले जनमोर्चासँग चुनावी तालमेल गरेपछि उनले बागी उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ४५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी