ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी ! « Khabarhub

ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल, फ्यान भन्छन् – नाइस जोडी !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ ।

नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर बोल्न चाहँदैनन् । आँचलको नाम पहिलेदेखि पल शाहसँग जोडिँदै आए पनि उनी भने पललाई यो क्षेत्रको मिल्ने साथी भएको बताउने गरेकी थिइन् ।

पछि उनको प्रेम उदिप श्रेष्ठसँग रहेको खबर बाहिरिन थाल्यो । पेशाले डाक्टर उदिपले नै आँचलसँगको सम्बन्ध सार्वजनिक गर्दै सामाजिक सञ्जाल रंग्याएका थिए ।

पहिले त आँचलले उदिपसँगको सम्बन्ध ‘साथीभन्दा माथि’ को भएको बताउँदै आएकी थिइन् । तर, पछि समय भने आँचल आफ्नो प्रेमप्रति बढी नै खुल्न थालेकी छिन् ।

सामाजिक सञ्जाल हेर्ने हो भने उनले उदिपसँगका तस्वीर निरन्तरजसो अपलोड गर्न थालेकी छिन् । हालै उनले इन्स्टाग्राममा उदिपसँको एक तस्वीर अपलोड गर्दै लेखेकी छिन् – मेरो ह्याप्पी प्लेस ।

आँचलले अन्य तस्वीर पनि अपलोड गरिरहेकी हुन्छिन् । उनको तस्वीरमा फ्यानहरुले अनेक कमेन्ट गरेका छन् । कतिले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन् – नाइस जोडी ।

केही समय पहिले भने पल शाहलाई धोका दिएको भन्दै आँचलको विरुद्धमा पलका फ्यानहरु खनिएका थिए ।

आँचलले एक अन्तर्वार्ताका क्रममा आफू उदिपसँग प्रेममा रहेको र पारिवारिक रुपमा पनि दुवै परिवारबीच सहमति भएको बताएकी थिइन् ।

त्यसैले पनि हुनुपर्छ, आँचलले सामाजिक सञ्जालमा उदिपप्रतिको प्रेम पोखेकी छिन् । अब फ्यानहरु पनि यो जोडीको छिट्टै बिहे भएको हेर्न आतुर छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : २६ बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने