बीजेपीका सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले हिर्काएपछि (भिडियोसहित) « Khabarhub

बीजेपीका सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले हिर्काएपछि (भिडियोसहित)


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका एकजना सांसद्ले आफ्नै पार्टीका अर्का विधायकलाई जुत्तै–जुत्ताले हिर्काएका छन् ।

घटना उत्तर प्रदेश शन्त कबिर नगरको हो, जहाँ एक बैठकका क्रममा उत्पन्न विवादमा बीजेपीका सांसद शरद त्रिपाठीले आफ्नै पार्टीका विधायक राकेश सिंहलाई जुत्ताले  धमाधम हिर्काएका हुन् ।

बैठकमा दुई नेताबीच सामान्य बहस भएको र बहस उत्कर्षमा पुगेपछि  त्रिपाठीले जुत्ता खोलेर सिंहलाई हिर्काउन शुरु गरेका थिए । त्रिपाठीले सिंहलाई १०–१५ पटकसम्म जुत्ताले हानेका थिए ।

भिडियो यस्तो छ

जुत्ता खाएका राकेश सिंहले त्यसपछि शरद त्रिपाठीमाथि थप्पड हानेका थिए । दुई नेताबीच झगडा उत्कर्षमा पुगेपछि अवस्था साम्य पार्न बैठकमा उपस्थित नेताहरु अगाडि आएका थिए । तैपनि अवस्था साम्य नभएपछि एकजना प्रहरी अधिकारीले हस्तक्षेप गरी विवाद झगडा साम्य पारेका थिए ।

बैठकमा स्थानीय अधिकारी तथा जनप्रतिनिधिको पनि उपस्थिती थिए । झगडा पर्नुको कारणबारे स्पष्ट नभएपनि कुनै परियोजनाको विषयलाई लिएर झगडा परेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ०६ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज