बीजेपीका सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले हिर्काएपछि (भिडियोसहित) | Khabarhub Khabarhub

बीजेपीका सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले हिर्काएपछि (भिडियोसहित)


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका एकजना सांसद्ले आफ्नै पार्टीका अर्का विधायकलाई जुत्तै–जुत्ताले हिर्काएका छन् ।

घटना उत्तर प्रदेश शन्त कबिर नगरको हो, जहाँ एक बैठकका क्रममा उत्पन्न विवादमा बीजेपीका सांसद शरद त्रिपाठीले आफ्नै पार्टीका विधायक राकेश सिंहलाई जुत्ताले  धमाधम हिर्काएका हुन् ।

बैठकमा दुई नेताबीच सामान्य बहस भएको र बहस उत्कर्षमा पुगेपछि  त्रिपाठीले जुत्ता खोलेर सिंहलाई हिर्काउन शुरु गरेका थिए । त्रिपाठीले सिंहलाई १०–१५ पटकसम्म जुत्ताले हानेका थिए ।

भिडियो यस्तो छ

जुत्ता खाएका राकेश सिंहले त्यसपछि शरद त्रिपाठीमाथि थप्पड हानेका थिए । दुई नेताबीच झगडा उत्कर्षमा पुगेपछि अवस्था साम्य पार्न बैठकमा उपस्थित नेताहरु अगाडि आएका थिए । तैपनि अवस्था साम्य नभएपछि एकजना प्रहरी अधिकारीले हस्तक्षेप गरी विवाद झगडा साम्य पारेका थिए ।

बैठकमा स्थानीय अधिकारी तथा जनप्रतिनिधिको पनि उपस्थिती थिए । झगडा पर्नुको कारणबारे स्पष्ट नभएपनि कुनै परियोजनाको विषयलाई लिएर झगडा परेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ०६ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच