देउवाको आरोप– नेकपाले बम पड्काएर चुनाव जित्यो « Khabarhub

देउवाको आरोप– नेकपाले बम पड्काएर चुनाव जित्यो


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचुनावको निष्पक्षतामाथि प्रश्न उठाउँदै सत्तारुढ नेकपाले बम पड्काएर चुनाव जितेको आरोप लगाएका छन् ।

कास्की क्षेत्र नम्बर २ अन्तर्गत कांग्रेसको पकड भएको क्षेत्रमा बम पड्काउन लगाएर नेकपाले मतदातालाई तर्साएको समेत देउवाले आरोप लगाए ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिवंगत नेता भीमबहादुर तामाङको स्मृति सभालाई सम्बोधन गर्दै नेता देउवाले सरकारले सत्ताको दुरुपयोग गरेर उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पारेको बताए ।

‘कांग्रेसले जित्ने ठाउँमा मतदातालाई त्रसित बनाएर नेकपाले चुनाव जितेको हो,’ सभापति देउवाले भने, ‘पोखरामा कांग्रेसको बाहुल्यता भएको ठाउँमै बम पड्काएर मतादातालाई भड्काइयो ।’

सभापति देउवाले स्थानीय प्रशासन र प्रहरीले सत्तारुढ नेकपाका उम्मेदवारलाई जिताउन भूमिका खेलेको पनि आरोप लगाए ।

‘चुनावका बेला प्रहरी–प्रशासनको पनि निष्पक्ष भूमिका देखिएन । धाँदली गरेका छन् । धाँदली गरेका ठाउँमा हामीले छानबिन गर्दै छौं,’ देउवाले भने, ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि कांग्रेसको पक्षमा मतपरिणाम राम्रो आएको छ ।’

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ३६ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी