टीभीएस एनटर्क रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुला | Khabarhub Khabarhub

टीभीएस एनटर्क रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुला


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बजारमा लोकप्रिय हुदै गएको टीभीएस एनटर्क १२५ को रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुलेको छ ।

एनटर्क रेस भर्सन भारतको गोवामा सम्पन्न मोटो शोल २०१९ मा प्रदर्शन गरिएको यो स्कुटर नयाँ बर्षलाई लक्षित गरेर सार्वजनिक गर्ने तयारी कम्पनीले जनाएको छ ।

स्कुटर अफ द इयरको अवार्ड बिजेता रहेको टीभीएस एनटर्क ले नेपाली बजारमा लोकप्रिय तथा बजारमा प्रतिक्षित स्कुटर रहेको छ । अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको नयाँ एनटर्कले यो मोटो सोलमा आगन्तुकको ध्यान आर्कषण गर्न सफल भएको थियो ।

टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ । एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

नयाँ फेसलिफ्टको मूल्य २ लाख ४५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । यद्यपी कम्पनीले अबको केही दिनमा यसको मूल्य टुङ्गो लगाउने जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ०३ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण