गण्डकी मेडिकल कलेजका सीइओ र परीक्षा नियन्त्रक पक्राउ « Khabarhub

गण्डकी मेडिकल कलेजका सीइओ र परीक्षा नियन्त्रक पक्राउ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी मेडिकल कलेजका सीइओ लक्ष्मण शर्मा र परीक्षा नियन्त्रक सन्तोष खनाल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको आदेशमा जिल्ला प्रहरी कार्यलयको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

विद्यार्थीहरुले भर्नामा सरकारले तोकेको भन्दा बढी शूल्क कलेजले लिएको भन्दै मंगलबार प्रहरीमा ठगी आरोपमा उजुरी दिएका दिए । विद्यार्थीहरुले ठगीकै आरोपमा कलेज संचालकको सम्पति छानविन गर्न माग गर्दै मंगलबार सुद्दीकरण विभागमा समेत उजुरी दिएका थिए ।

सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार नै कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको भएपनि कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ ।

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल तथा भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर विद्यार्थीहरू फागुन १ गतेबाट चरणवद्ध  आन्दोलनमा छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ५६ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट