मलेसियामा ३ दिनमा ६ नेपालीको मृत्यु « Khabarhub

मलेसियामा ३ दिनमा ६ नेपालीको मृत्यु


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका लागि मलेसियाका विभिन्न स्थानमा पुगेका ६ नेपालीको मृत्यु भएको छ । तीन दिनमा ६ नेपालीले ज्यान गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार, शनिबार र आइतबार ६ नेपालीको आकस्मिक मृत्यु भएको जनाएपनि मृत्युका कारण दूतावासले खुलाएको छैन ।

टपग्लोब १८ नम्बर फाक्टरि बान्तिङमा कार्यरत सुनसरीका सुन्दर श्रेष्ठ, स्पेशल स्क्वार्ड सेक्युरिटी सर्भिसमा कार्यरत सल्यानका प्रदिप बस्नेत, मुवाजा सेक्युरिटी फोर्सका पेटालिङ्गजाया वान उतामामा कार्यरत खोटाङका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिसका जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, दैलेख भगवतीमाई गाउँपालिका गोपाल रोकाया र केलाङको एक कम्पनीमा कार्यरत अर्का नेपाली गरी ३ दिनमा ६ जनाको मृत्यु भएको दूतावासले जनाएको छ ।

मलेसिया रोजगारीमा जाने श्रमिकको मृत्य हुने क्रम बढ्दो छ । नेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य देशमा मलेसिया पर्छ । मलेसियामा रोजगारीका धेरै श्रमिकको रक्सी सेवनका कारण मृत्यु हुने गरेको वैदेशिक रोजगार बोर्डको तंथ्याकमा छ ।

श्रम गर्ने मलेसिया आउन नेपाली श्रमिकको मृत्युका विषयमा गम्भीर भएर अनुसन्धान गरिरहेको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले बताएका छन् । मृत्युको कारणका बारेमा दूतावासले मलेसियाको सम्बन्धीत निकायसँग छलफल गरिरहेको उनले बताएका छन् ।

गएका २ दर्शकका रोजगारीका लागि मलेसिया गएका ३ हजारभन्दा धेरै नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वार्षिक २ सयभन्दा धेरै रोजगारीका लागि मलेसिया पुगेका श्रमिकको मृत्यु हुने गरेको बोर्डको तंथ्याकमा छ ।

मुत्युका मुख्य कारण

हृदयघात, चुरोट,जाडरक्सीको बढी सेवन, असुरक्षित खानपिन, प्रदुषित हावापानी, मुटु, कलेजोमा समस्या भएर मर्नेको संख्या तीब्र रुपमा बढीरहको दूतावासले जनाएको छ । यस्ता समस्याबाट बच्ने उपाय नसिकाइ श्रमिक रोजगारीमा मलेसिया पठाउदाँ मृत्युको मुख्य कारण भइरहेको छ । मलेसियामा रोजगारीका लागि नेपालीको कसरी मृत्यु हुन्छ भने विषयमा सरकारले अनुसन्धान गरेको छैन । तर, मलेसियामा नेपाली उच्च मृत्युदरका विषयमा सम्बन्धी निकाय भनेर वेवास्ता गदै बसेको पाइन्छ ।

सरकारले ४ वर्षअघि रोजगारका लागि विभिन्न देश पुगेका श्रमिकको मृत्युका कारण खोज्न एउटा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले ४ वर्षसम्म केही काम गर्ने सकेको छैन ।

वैदेशिक रोजगारी क्रममा मृत्युका विषयमा सरकारले चासो दिएर काम गरिरहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन् ।

अबैधानिक नेपालीहरु घर फर्किने ब्याक फर गुड कार्यक्रम चलिरहेकोले आउदो नयाँ बर्ष २०२० देखि यहाँ रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारेमा सचेतना कार्यक्रम सञ्चालन हुने दूतावासको भनाई छ ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १ : ३६ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना