स्वर्णपदक आमालाई समर्पण गरेकी अनुपमाले भनिन्– आज भावुक होइन खुसी छु « Khabarhub

स्वर्णपदक आमालाई समर्पण गरेकी अनुपमाले भनिन्– आज भावुक होइन खुसी छु



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेले १० औं स्वर्ण जित्यो ।

उक्त दशौं स्वर्ण करातेलाई दिलाउने खेलाडी हुन्, अनुपमा मगर । ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी उनले आजको दिनका लागि बर्षौ कुर्नु पर्यो ।

भन्छिन्‘करातेमा लागेको १०–११ बर्ष भइसक्यो । यतिलामो यात्राको सफलता आज आएर पाएकी छु । सायद यहिँ दिनका लागि म यतिधेरै समय करातेमा रहे,’ खुसी देखिएकी अनुपमाले भनिन्

उदयपुर घर भएकी हक्की स्वभावकी उनी मेहनतमा विश्वास गर्छिन् । मेहनतका साथ धैर्य आवश्यक रहेको उनको भनाइ छ ।

यसका लागि धेरै सोच्नु पर्दौन अनुपमाचले गरेको पछिल्लो ११ वर्षको नेपाली करातेका लागि दिएको समय हेरे पुग्छ ।

स्वर्ण जितेपछि उत्साहित देखिएकी अनुपमाले सातदोबाटोस्थित कराते हलसम्म आफ्न्त नबोलाएको बताइन् । उनलाई घर परिवारले आफूबाट धेरै अपेक्षा गरेको महसुस भएको छ ।

यदि घर परिवारको अपेक्षा पूरा गर्न नसके उनीहरु दुखी हुने महसुस गरेरै आफुले परिवारका सदस्यलाई खेल हेर्न नबोलाएको उनले बताइन् ।

‘म आज यहाँ मेरो टिम सँग आएकी हुँ । परिवारका मान्छेहरु आउँछु भन्दै हुनुहुन्थ्यो । तर, मैले टिकट छैन भने उहाँहरु आउनु भएन,’ अनुपमाले खबरहबसँग भनिन् ।

२८ बर्षीय अनुपमाले आफूले जितेको स्वर्ण स्वर्गीय देव कुमारी मगरको नाममा समर्पण गरेकि छन् । ‘मैले जितेको मेरो स्वर्ण म मेरो स्वर्गीय आमाको नाममा समर्पित गर्न चाहान्छु,’ आमालाई सम्झिँदै भावुक बनेकी उनले भनिन्,‘आज म भावुक होइन खुसी छु ।’

अनुपमाले फाइनलमा पाकिस्तानी खेलाडीलाई ६–४ ले हराएकी थिइन् । त्यसभन्दा अगडि सेमिफाइनलमा श्रीलंकासँगको खेल निकै प्रतिस्पर्धात्मक भएपनि आफुले जितेको बताइन् ।

‘सेमिफाइनल निकै प्रतिस्पर्धात्मक बन्यो । उक्त खेलको मलाई अंक पनि याद छैन,’ अनुपमाले भनिन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : ०६ बजे

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले