जापान जाने श्रमिक छनौटका लागि लिएको सीप परीक्षामा सबै फेल « Khabarhub

जापान जाने श्रमिक छनौटका लागि लिएको सीप परीक्षामा सबै फेल


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् ।

पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन । भाषा परीक्षामा भने एक जना पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए ।

जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीषाम सबै असफल भएका थिए ।

जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिकसरहको सेवा सुविधा दिएर जापान नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको थियो ।

जापानले नेपाल, चीन, इन्डोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी शुरु गरेको थियो ।

कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिन्छ तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एक जना पनि उत्तीर्ण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ । आवेदनमा परेकाहरूमध्ये गोलाप्रथाबाट छान्नु उपयुक्त नभएको भन्दै आलोचना भएको छ ।

यस सन्दर्भमा श्रम मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाइसकेको छ । लक्की ड्र बाट श्रमिक छान्दा योग्य आवेदक नपर्न सक्ने भन्दै लक्की ड्र प्रणाली सुधार्नुपर्ने सुझाव मन्त्रालयको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ५६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक