यौन प्रकरणमा एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र | Khabarhub Khabarhub

यौन प्रकरणमा एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

यौन शोषणको आरोप लागेका राणा विरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार गरेको हो ।

गृहले प्रहरी प्रधानकार्यालयलाई पठाएको पत्र मंगलबार नै प्राप्त भएको र यसको प्रकृया अघि बढाइएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि धरानकी एक महिलाले यौन शोषण गरेको भन्दै उजुरी दिएकी थिइन ।

उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेपछि गृहले अनुसन्धानका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेको हो ।

बिगत लामै समय समयदेखि राणा र ती महिलाबीच चिनजान र सम्बन्ध भएपनि पछिल्लो समय उनीहरुबीच विवाद शुरु भएको पाइएको प्रहरीले जनाएको छ । राणा ३ महिनादेखि संघीय प्रहरी एकाइ धरानमा कार्यरत छन् । उनी धरान पोस्टिङ भएपछि सम्बन्धमा चिसोपना शुरु भएको र महिलाले उजुरी दिएको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।

यता आरोपित राणाले भने घटनाबारे आफू अनविज्ञ रहेको भन्दै आफूमाथिको आरोप निराधार रहेको बताएका छन् । उनले अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन आफूले पनि सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ९ : १४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको