ज्योतिष शास्त्रः हातमा यस्ता रेखा भए चम्किन्छ भाग्य | Khabarhub Khabarhub

ज्योतिष शास्त्रः हातमा यस्ता रेखा भए चम्किन्छ भाग्य


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ ।

शास्त्रानुसार उसको हातमा भएका हस्तरेखाबाट पनि भाग्य कस्तो रहनेछ भन्ने विषयमा जानकारी लिन सकिन्छ ।
त्यस्तै, हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ ।

केही व्यक्तिको स्वभावदेखि यसको करिअरसम्मलाई यी रेखाहरुले प्रभाव पारेका हुन्छन् । हत्केलामा हुने शनि रेखाको बारेमा बताइएको छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवताका रुपमा शनिदेवलाई लिने गरिन्छ ।

ज्योतिष शास्त्रमा शनिको दशा चलेको समयलाई मानिसले निरास रुपमा लिने गरेका हुन्छन् तर शनिदेव सधै नराम्रो गर्ने देवता नभएको धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

शनिदेव जसको राम्रो हुन्छ, भविष्यमा उ देशको सबैभन्दा महत्वपूर्ण मान्छे बन्न सक्ने ज्योतिष शास्त्रको मान्यता रहेको हुन्छ ।

जुन मानिसको हत्केलामा शनि पर्वत हुन्छ । त्यो मानिस अधिक धन सम्पत्तिको मालिक बन्छ । यसका साथै शनि पर्वतको साथ मंगल पर्वत भएको मानिस साहसी र सफलता हासिल गर्ने खालको हुन्छ ।

हस्तरेखा शास्त्रअनुसार यस्ता मानिसलाई कहिल्यै धनको कमी हुँदैन । शनिको स्थान भएको औंला लामो भएमा त्यस व्यक्ति शान्तिको प्रिय हुन्छ । उसलाई धार्मिक कार्य गरिरहन मन पर्छ भने आफ्नो करिअरप्रति धेरै नै इमान्दार हुन्छ । उसले नयाँ उचाई प्राप्त गर्छ ।

यदि कसैको हातको हत्केलामा जुन स्थानमा शनि हुन्छन्, धेरै रेखाहरू काटिएको छ या जीवन रेखा सीधा वा दोषपूर्ण छ भने शनिका दशा मानिन्छ । यस बाहेक हत्केलामा रेखाहरूको जार हुन्छ, उसलाई शनिको दशा नभएको मानिन्छ ।

शनिको साथै बृहस्पति राम्रो भएमा त्यस्तो मानिस बुद्धिमानी र स्वाभिमानी हुने मानिन्छ । उसले हर क्षेत्रमा उच्च शिक्षाका साथै प्रशासनिक क्षेत्रमा समेत राम्रो रहन्छ । उद्योगमा पनि उसले सफलता प्राप्त गर्छ ।

जस व्यक्तिको हत्केलामा शनि सिधा रहन्छ उस व्यक्तिको भाग्य राम्रो हुन्छ । त्यस्तो व्यक्ति कला क्षेत्रमा आफ्नो करिअर बनाउन सक्दछ।

जुन मानिसको हत्केलामा शनि र सूर्यको स्थिति राम्रो हुन्छ, उसले आफ्नो जीवनमा सुख पाउँछ । यसका साथै उसको व्यक्तित्व पनि राम्रो हुन्छ । शास्त्रका अनुसार यस्ता व्यक्ति धेरै नामी तथा दामी दुवै हुने गर्छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : १९ बजे

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला