जापानी नागरिकहरुको संस्थामा बने नेपाली नागरिक अध्यक्ष « Khabarhub

जापानी नागरिकहरुको संस्थामा बने नेपाली नागरिक अध्यक्ष


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– नेपालको वेसबल खेल विकास गर्न २० बर्ष देखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् ।

जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो । यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायीक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट खेल्ने पहिलो नेपाली समेत हुन् ।

यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ । नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरीरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल चयन भएका छन् ।

थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन् भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन् । क्लबको सल्लाकारमा २० बर्ष देखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् ।

२१ बर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरवात गर्दै यस खेलको विकास र विस्तार गर्न भन्दै संस्था स्थापना गरेका थिए ।

हाल संस्थाले जापानमा बसि नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउदै आएको छ । भने संस्कृति आदान प्रदान कार्यक्रम अन्र्तगत नेपालका खेलाडीलाई जापानमा तालीम उपलब्ध गराउन सहयोग गर्दै आएको छ । वेसबलको खेल साम्रागी निकै महंगो पर्ने गर्छ भने खेल साम्रागी नेपाली बजारमा उपलब्ध छैन्न । यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ०९ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल