वामपन्थी नेता पण्डितको अन्त्येष्टि | Khabarhub Khabarhub

वामपन्थी नेता पण्डितको अन्त्येष्टि


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए । गत मङ्गलबार हृदयाघातका कारण उनको निधन भएको थियो ।

पशुपति आर्यघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता सहभागी थिए । अन्त्येष्टिअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा राखिएको थियो ।  उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको झण्डा ओढाएका थिए ।

दिव‌ंगत पण्डितप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायत नेता धुम्बाराही थिए ।

नुवाकोट जिल्ला शिखरबेंसी– ६ मा २००३ साउन ३२ गते बुबा सूर्यबहादुर र आमा मानकुमारीबाट जन्मिएका पण्डितले पञ्चायतकालमा जिल्लामा कम्युनिस्ट आन्दोलन विस्तारका लागि भूमिका निर्वाह गरेका थिए ।

२०४८ सालको आमनिर्वाचमा नुवाकोट– २ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पण्डित पुष्पलाल प्रतिष्ठानका सदस्य पनि थिए । काठमाडौँको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ०१ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको