विद्यार्थीसँग घुस लिएर प्रश्नपत्र साट्ने त्रिविका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

विद्यार्थीसँग घुस लिएर प्रश्नपत्र साट्ने त्रिविका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित परीक्षार्थीहरुबाट रकम लिएर परीक्षामा उत्तिर्ण गराएको भन्ने विषयमा परेको उजुरीमाथिको छानबिनपछि अख्तियारले ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा लेखा अधिकृत दाहालले त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटका हिरा कुटवालसँगको मिलेमतोमा विद्यार्थीहरुसँग रकम लिएर उत्तर पुस्तिका साटफेर गरेको भेटिएको हो ।

अख्तियारका अनुसार त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक पदमा कार्यरत चौधरीले आफू कार्यरत काम्पसकै परीक्षार्थी जानुका र बरुवा क्याम्पसकी परीक्षार्थी हिरालाई परीक्षा केन्द्र बाहिर अर्को उत्तर पुस्तिकामा उत्तर लेख्न लगाइ लेखा अधिकृत दाहालमार्फत बाहिर उत्तर लेखिएको उत्तर पुस्तिका साटफेर गर्न लगाएका थिए ।

अख्तियारले परीक्षार्थीसँग रकम लिएर प्रश्नपत्र साटफेर गर्ने पनिकाका लेखा अधिकृत दाहाल र त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक चौधरीविरुद्ध जनही ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजायको मागदाबी गरेको छ । त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक चौधरीविरुद्ध मतियार बनेको अभियोगमा थप ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।

यस्तै, पैसा दिएर आफ्नो उत्तर पुस्तिका साटफेर गर्न लगाउन परीक्षार्थीद्वय जानुका र हिराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम २ हजार ५ रुपैयाँ जरिवाना र ६ वर्षसम्म कैद सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : ५७ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको