विद्यार्थीसँग घुस लिएर प्रश्नपत्र साट्ने त्रिविका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

विद्यार्थीसँग घुस लिएर प्रश्नपत्र साट्ने त्रिविका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित परीक्षार्थीहरुबाट रकम लिएर परीक्षामा उत्तिर्ण गराएको भन्ने विषयमा परेको उजुरीमाथिको छानबिनपछि अख्तियारले ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा लेखा अधिकृत दाहालले त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटका हिरा कुटवालसँगको मिलेमतोमा विद्यार्थीहरुसँग रकम लिएर उत्तर पुस्तिका साटफेर गरेको भेटिएको हो ।

अख्तियारका अनुसार त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक पदमा कार्यरत चौधरीले आफू कार्यरत काम्पसकै परीक्षार्थी जानुका र बरुवा क्याम्पसकी परीक्षार्थी हिरालाई परीक्षा केन्द्र बाहिर अर्को उत्तर पुस्तिकामा उत्तर लेख्न लगाइ लेखा अधिकृत दाहालमार्फत बाहिर उत्तर लेखिएको उत्तर पुस्तिका साटफेर गर्न लगाएका थिए ।

अख्तियारले परीक्षार्थीसँग रकम लिएर प्रश्नपत्र साटफेर गर्ने पनिकाका लेखा अधिकृत दाहाल र त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक चौधरीविरुद्ध जनही ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजायको मागदाबी गरेको छ । त्रियुगा जनता क्याम्पसको गाइघाटका प्रशासन सहायक चौधरीविरुद्ध मतियार बनेको अभियोगमा थप ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।

यस्तै, पैसा दिएर आफ्नो उत्तर पुस्तिका साटफेर गर्न लगाउन परीक्षार्थीद्वय जानुका र हिराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम २ हजार ५ रुपैयाँ जरिवाना र ६ वर्षसम्म कैद सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : ५७ बजे

‘चुनौतीकाबीच सम्मानजनक मत पायौँ’

काठमाडौं– उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा