लोक सेवाले खुलायो १ हजार बढी अधिकृतका लागि विज्ञापन (विज्ञापन सहित) « Khabarhub

लोक सेवाले खुलायो १ हजार बढी अधिकृतका लागि विज्ञापन (विज्ञापन सहित)


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाएको हो ।

यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ ।

गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष बढी संख्यामा माग गरिएको आयोगले जनाएको छ ।

आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ३६ बजे

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल