वकिलले गरे पाकिस्तानको अस्पतालमा तोडफोड, ३ बिरामीको मृत्यु | Khabarhub Khabarhub

वकिलले गरे पाकिस्तानको अस्पतालमा तोडफोड, ३ बिरामीको मृत्यु


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको लाहोरमा चिकित्सकसँग बदला लिनका लागि हजारौंको संख्यामा वकिलहरु अस्पतालमा प्रवेश गरि तोडफोड गरेका छन् ।

यो हमलामा केही बिरामीको मृत्यु भएको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाबका स्वास्थ्य मन्त्री यास्मीन राशिले मृत्यु हुने बिरामीको संख्या तीन भएको बताएका छन् । यस मामलामा ४० वकिललाई गिरफ्तार गरिएको छ ।

मानवअधिकार मन्त्री शिरानी माजरीले ट्वीट गरेर यो जानकारी दिएका हुन् ।

बुधबार लाहौरको पंजाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन् ।

वकिलका अनुसार आफूहरुले दुई हप्ताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ११ : ०६ बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै